अर्थमन्त्रीको लोकप्रिय बजेटले दलाल कित्तामा कोलाहल चलिरहेको छ : पञ्चा सिंह

अखिल(क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहले अर्थमन्त्रीको लोकप्रिय बजेटबाट दलाल कित्तामा कोलाहल पैदा गरिरहेको टिप्पणी गरेकी छन्।

अखिल(क्रान्तिकारी) पब्लिक युथ क्याम्पसद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा प्रशिक्षण मन्तव्य दिँदै नेतृ सिंहले यस्तो टिप्पणी गरेकी हुन्।

‘माओवादीका मन्त्रीले सरकारका तर्फबाट प्रस्तुत बजेटमा दर्जनौँ लोकप्रिय कार्यक्रहरु समावेश गर्नुका साथै जनप्रिय र राष्ट्रवादी बजेट आएको छ। जसले गर्दा दलालहरुको शिविरमा कोलाहल र रुवाबासी चलरहेको छ’, उनले भनिन्।

कोभिडपछिको निकै जटिल परिस्थितिमा अर्थतन्त्र टिकाइ राख्न जो कोहीलाई मुस्किल थियो। यस्तो प्रतिकुलतामा पनि अर्थमन्त्री बजेट कार्यक्रमसम्म आइपुग्दा लोकप्रिय हुन पुग्नुले धेरै पहिलेदेखि मुलुक लुटिरहेकाहरुका निम्ति सह्य हुन नसकेको बताएकाे विद्यार्थी बाबुराम नेपालीले जानकारी दिए।

प्रकाशित मिति: : 2022-07-06 14:50:00

प्रतिकृया दिनुहोस्