फेरि सर्‍याे माओवादी केन्द्रीय कमिटी बैठक

File Photo
File Photo

नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी बैठक सरेकाे छ।

बुधबार दिउँसाे १ बजेका लागि निर्धारण गरिएको बैठक बिहीबार बिहान ११ बजे बस्ने गरी सारिएकाे हाे।

संसद बैठकमा सहभागी बन्नुपर्ने भएकाले बैठक सारिएकाे अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले जानकारी दिए। 

यसअघि पनि मंगलबार बिहान ११ बजे बस्ने भनिएकाे बैठक बुधबारका लागि सारिएकाे थियाे।

प्रकाशित मिति: : 2022-07-06 13:26:00

प्रतिकृया दिनुहोस्