निर्वाचन मिति ताेक्न प्रधानमन्त्रीसँग आयोगका पदाधिकारीले छलफल गर्दै

प्रदेश र प्रतिनिधि सभा निर्वाचनको मिति तोक्न निर्वाचन आयोगका पदाधिकारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज (बुधबार) छलफल हुने भएको छ। दिउँस ३ बजे प्रधानमन्त्री र आयोगका पदाधिकारीबीच छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए।

आगमी कात्तिक वा मंसिरमा चुनाव गर्ने तयारी निर्वाचन आयाेगकाे छ। आयाेग स्राेतकाअनुसार आयोगले कात्तिक ३०, मंसिर २ र ५ गरी तीनवटा विकल्पसहितको निर्वाचन मिति सिफारिस गर्ने तयारी छ।

आयोगले एकै चरणमा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी सिफारिस तयार पारेको छ।

यसअघि २०७४ मंसिरमा दुई चरणमा दुवै तहको निर्वाचन सँगसँगै भएको थियो।

प्रकाशित मिति: : 2022-07-06 10:47:00

प्रतिकृया दिनुहोस्