माओवादी नेताहरू खुमलटारमा, पदाधिकारी टुंगो लगाउने कसरत

नेकपा (माओवादी केन्द्र)काे पूर्व स्थायी कमिटी बैठक पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जारी छ। बैठकमा पदाधिकारी चयनलगायतका विषयमा छलफल भइरहेकाे नेताहरूले जानकारी दिएका छन्।

यसअघि हिजो पूर्व स्थायी कमिटी र इन्चार्जहरूको बैठकले पार्टीको पोलिटब्युरो, स्थायी कमिटी र पदाधिकारीको प्रस्ताव ल्याउने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियाे। प्रचण्डले थप परामर्शको लागि आज पनि पूर्व स्थायी कमिटीको बैठक बोलाएका हुन्।

आज १ बजेदेखि बस्ने केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी र स्थायी समितिको नाम सार्वजनिक गर्ने तयारी गरेका छन्।

माओवादीको बैठक आइतबारदेखि काठमाडौंमा जारी छ।

प्रकाशित मिति: : 2022-07-06 10:22:00

प्रतिकृया दिनुहोस्