प्रधानमन्त्री भेट्न बालुवाटार पुगे प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सरकारी निवास बालुवाटार गएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गर्न उनी त्यहाँ गएका हुन्। 

सिंहदरबारमा बसेको क्याबिनेट बैठकपछि प्रधानमन्त्रीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेका हुन्। 

पछिल्लो केही दिनदेखि अर्थमन्त्री जनार्दन शर्माले बजेट तयारीको सिलसिलामा असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा लगिएको विषयमा भइरहेको विरोधका कारण उनी प्रधानमन्त्री भेट्न गएको बताइएको छ। 

प्रकाशित मिति: : 2022-07-05 22:15:00

प्रतिकृया दिनुहोस्