दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भयाे : शङ्कर पोखरेल

नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको आर्थिक अवस्था बिग्रँदै गएको आरोप लगाएका छन्।

मङ्गलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो सरकारको पालामा भन्दा अहिले झण्डै दोब्बरले मूल्यवृद्धि भएर जनताको ढाड सेक्ने काम भएको आरोप लगाए।

महासचिव पोखरेलले करका दायरा हेरफेर गर्ने कार्य अनुचित भएकोसमेत सो अवसरमा बताए।

प्रकाशित मिति: : 2022-07-05 14:28:00

प्रतिकृया दिनुहोस्