बिएल संवाददाता
संसारमा यस्ता अनेकौं टापु छन्, जहाँ मानिस बस्दैनन्। प्रशान्त महासागरस्थित बिकिनी एटोल नामक कोरल टापुमा कोही पनि बस्न चाहँदैनन्।
यो संसारको सबैभन्दा परमाणु दूषित टापु हो। मान्छे गएपछि फर्केर आउँदैन अर्थात् सीधै मृत्युको मुखमा पुग्छन्।
शक्तिराष्ट्र अमेरिकाले कोरल टापुमा कैयाैंपटक परमाणु बम परीक्षण गरेको थियो। जापानको हिरोसिमा र नागासाकीमा आणविक बम खसालेपछि दोस्रो विश्वयुद्ध समाप्त भएपनि कोरल टापु लामो समयसम्म परमाणु केन्द्र बन्याे।
बिकिनी एटोल मार्शल टापु–चेनमा रहेको एक टापु हो। यो दुई वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको हो। कोरल टापु सेनाको लागि उत्तम मानिन्छ।
नेचुरल रिसोर्स डिफेन्स काउन्सिलको प्रतिवेदनले टापु–क्षेत्र ढुवानी लेनबाट टाढा रहेको बताएको छ। टापुको जनसंख्या निकै कम थियो। यहाँ १६७ जना मात्रै बस्थे। अमेरिकी सेनाले यी मानिसलाई यहाँबाट अर्को ठाउँमा सारेकाे थियो।
संयुक्त राज्यले सन् १८४६ देखि १९५८ सम्म बिकिनी एटोलमा २३ आणविक परीक्षण गर्यो। जसमध्ये २० वटा हाइड्रोजन बम प्रहार गरिएको थियो। परिक्षण गरिएको एउटा बम नागासाकीलाई ध्वस्त पार्ने बमभन्दा हजार गुणा शक्तिशाली थियो।
सन् २०१७ मा एटोल टापुको भ्रमण गरेका स्ट्यानफोर्ड विश्वविद्यालयका प्रोफेसर स्टीफन पालुम्बीले बम विष्फोटका भग्नावशेषहरू ६५ किलोमिटरभन्दा माथिसम्म उफ्रिएको अनुमान गरेका छन्।
सन् १९६० को दशकमा अमेरिकी परमाणु ऊर्जा आयोगले बिकिनी एटोललाई बस्न योग्य घोषित गर्यो। तर यो निर्णय आम–मानिसका लागि खतरनाक बन्यो।

न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया