यस्ताे छ माओवादी केन्द्रीय समिति बैठककाे कार्यसूची

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठकमा सुरू भएकाे छ। बैठक कमलादीस्थति नेपाल प्रज्ञा प्रतिष्ठानमा केहीबेर अघि सुरू भएकाे हाे।

गत पुसमा सम्पन्न महाधिवेशनले १५ सदस्यीय पदाधिकारी गठन गर्ने निर्णय गरे पनि अझै पनि चयन हुन नसकिरहेको बेला केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो।

बैठकमा गत स्थानीय तहको निर्वाचनको समीक्षा, आगामी निर्वाचनको रणनीति र पदाधिकारी चयनबारे छलफल हुँदैछ।

यस्ताे छ, बैठककाे कार्यसूची :

१) सहिदप्रति श्रदाञ्जली। 

२) केन्द्रीय समितिका नयाँ सदस्यहरूकाे शपथग्रहरण।

३) बैठकबारे अध्यक्षाद्धारा जानकारी।

४)  प्रदेशबा तर्फबाट संक्षिप्त रिपाेर्टिङ।

५) पार्टी अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपाेर्टिङ।

६)  संगठनात्मक विषय।

क) पाेलिटव्यूराे र पदाधिकारी चयन

ख) कार्य विभाजन र संरचनाबारे छलफल

७) स्थानीय निर्वाचनबारे समीक्षा।

८) निर्वाचन तयारीबारे छलफल।

९) विविध।

प्रकाशित मिति: : 2022-07-03 12:47:00

प्रतिकृया दिनुहोस्