तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाईं राजनीतिक पृष्ठभूमि भएकाे परिवारका सदस्य हुन्। उनका बुबा मणिकृष्ण चाैलागाईं तीन पटक गाउँ पञ्चायकाे अध्यक्ष, त्यसपछि प्रधानपञ्च, क्षेत्रीय सदस्य, किसान संगठनकाे अञ्चल सभापति र गाविस अध्यक्षसमेत भएका थिए।
अध्यक्ष चाैलागाईं आफ्ना बुबाकाे समाज सेवा नै धर्म हाे भन्ने भनाइबाट प्रेरित भएका थिए। त्यहीअनुरुप उनी जनताकाे सेवामा लागेका कयौं उदाहरण भेटिन्छन्। तातोपानी गाउँपालिकामा हुने हरेक पल्टका झै-झगडा साम्य पार्न उनका उपस्थिति बलियाे मानिन्छ। कुलाे, वन, पानीका मुहानलगायत कारणले हुने झगडा मिलाउन उनी सधैँ अग्रसर रहे।
२०४६ सालतिर नेकपा एमाले भएका उनले नाे फिल्डस प्रालिमा दुई वर्ष जागिर पनि खाए। २०५४ देखि २०६३ सम्म आरसीडीएस भन्ने संस्थामा काम गरेका उनी गएकाे जेठ ९ गतेसम्म तिला कर्णाली यातायात व्यवसायी संघमा आवद्ध थिए। २०६४ सालबाट उनी कांग्रेस भए।
एमालेकाे नीति र व्यवहार नमिलेकाे तथा प्रजातान्त्रिक व्यवस्था नै उत्तम हुने ठानेका उनी कांग्रेस भए। यहीबीचमा दुई कार्यकाल दुर्गा मावि लाम्राकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पनि भए। खस्कँदाे शिक्षा क्षेत्र सुधारकाे सेतु बनेका उनी तातोपानीमा कांग्रेसकाे संगठन राम्राे नहुँदा पनि विजयी हुन सफल भए।
यसै सन्दर्भमा रहेर अध्यक्ष चाैलागाईंसँग बिएल नेपाली सेवाका लागि महेश नेपालीले गरकाे कुराकानीकाे सम्पादित अंश यहाँ प्रस्तुत छ।
तपाईंले गरेका महत्वपूर्ण निर्णयहरु के के हुन्?
म ६ वर्ष दुर्गा मावि लाम्राकाे विद्यालय व्यवस्थापन समितिकाे अध्यक्ष हुँदा शिक्षामा आमूल परिवर्तन नभइ भएकाे विकास विकास नै हाेइन भन्ने निष्कर्षमा पुगेँ। त्यसैले निर्वाचित भएपछि पहिलाे पटक कार्यपालिकाकाे बैठकबाट निम्न आय भएका परिवारका तीन जना विद्यार्थीलाई आधा अनुदानमा एमबीबीएस र इन्जिनियरिङ पढाउने भनी निर्णय गर्यौं। त्याेसँगै स्वास्थ्य सचेतना फैलाउँदै समाजेवीकाे भूमिका निर्वाह गरेका महिला स्वयंसेविकालाई सूचना प्रवाहका लागि माेबाइल वितरण गरेका छाैं भने महिनाकाे एक पटक हरेक विद्यालयमा स्वास्थ्य जाँचकाे बन्दाेबस्त मिलाएका छाैं।
वडा नम्बर सात र आठका लागि विशेष स्वास्थ्य शिविर संचालन गर्ने तयारी गरिरहेकाे छाैं। याे शिविर हरेक तीन महिनामा एक पटक गरिनेछ।
यी निर्णय सँगैसँगै लाम्रा गाउँकाे ऐतिहासिक देवद्यारकाे रुखकाे बीचमा संग्राहलय बनाउने गरी बजेट विनियोजन गरेका छाैं। त्यहाँ जिल्लाका सबै ऐतिहासिक महत्वका वस्तु भेटाउन सकिनेछ। त्यसकाे तल चाैतारी हुनेछ। सँगै हामीले तातोपानी टाइम लागू गर्ने निर्णय गरेका छाैं।
तातोपानी टाइम भनेकाे के हाे?
हाम्राे अमूल्य समय हामीले नै बुझ्न सकेनौं। काममा ढिलासुस्ती हुन थाल्याे। यसले हाम्रा धेरै काम छुटे। जुनसुकै कार्यक्रममा जाँदा पनि ढिला सुरु हुने परम्परा नै बन्याे। त्यसैले तातोपानी गाउँपालिकाले समयलाई महत्वका साथ हेर्नुपर्छ भनेर ताेकिएकाे समयमा कार्यक्रम गर्ने रित बसाल्याैं।
ताेकिएकाे समयअनुसार गतिविधि हुनु नै तातोपानी टाइम हाे। यसका लागि गाउँ कर्यपालिकाले आधिकारिक निर्णय नै गरेकाे छ। तातोपानी गाउँपालिकाका सबै ठाउँ र पालिकाबाहेककाे ठाउँमा पनि हामी ताेकिएकाे समयमै पुग्ने गरेका छाैं। अधिकतम तीन चार मिनेटभन्दा ढिलाे हुन नदिने गरेका छाैं।
याे निर्णयमात्रै नभएर कार्यान्वयनकाे प्रक्रियामा गइसकेका छाैं। अहिले कर्मचारीदेखि जनप्रतिनिधि सबै ताेकिएकाे समयमा ताेकिएकाे ठाउँमा पुग्छौं। जिल्लामा भएका कार्यक्रमा पनि समयमै पुग्ने गरेका छाैं। ढिलाे गरी आउने विशिष्ट व्यक्तिहरुलाई पनि सुझाव दिन्छाैं। यसबाट अरु पालिकाले समेत सिक्नुहुनेछ भन्ने आशा छ।
याेसँगै हामीले कार्यक्रममा जाँदा खादा लाउने चलन सम्पूर्ण रुपमा हटाएका छाैं। काेही पाहुना हाम्राे पालिकामा आउनुभयाे वा हामी कुनै अरु ठाउँमा गयाैं भने पनि खादा नलगाउने भनेका छाैं। हाम्राे पालिकाकाे काेही पनि याे अनावश्यक समय खेर फाल्न लाग्ने छैन। विशेष कार्यक्रममा भने गाउँपालिकाले अब दुबाे र टीका लगाउनेछ।
(खादा लगाउने चलन मष्टाे परम्परा र सिंजा सभ्यताभित्र पर्दैन। तथापि जडान क्षेत्रका लामाहरुले भने खादा लाउने गरेकाे पाइन्छ। बरु सिंजा सभ्यतामा कसैलाई सम्मान गर्नुपर्यो भने शिरमा फेटा लगाइदिने चलन छ। सम्पादक)
एमबीबीएस र इन्जिनियरिङ पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने नीति त ल्याउनुभयाे तर त्यसका लागि बजेट छुट्याएकाे देखिएन नि?
हामीले आधा अनुदानमा तीन जनालाई पढाउने भनेर नीति तथा कार्यक्रममा ल्याएका थियाैं। त्यसका लागि जनतासँग अध्यक्ष कार्यक्रमबाट १५ लाख छुट्याएको छु। त्यतिले पनि पुगेन भने विविध शिर्षकमा छुट्याइएको बजेटबाट पनि लगानी गरिनेछ। विद्यार्थीलाई पढ्ने अवसरबाट बञ्चित गरिने छैन। राम्रो पढ्ने, कम आय भएकाे परिवारका विद्यार्थीले लाभ लिनेमा आशावादी छु।
शिक्षालाई पहिलाे प्राथमिकता दिने त भन्नुभयो तर सिंगाे बजेटकाे झण्डै तीन प्रतिशत मात्रै शिक्षा क्षेत्रमा लगानी गर्दा नतिजा कसरी राम्राे आउला?
हामीले तातोपानी गाउँपालिकाकाे नीति तथा कार्यक्रममै शिक्षा, स्वास्थ्यलाई पहिलाे प्राथमिकता दिएका छाैं। वडामा छुट्याइएको बजेटमा कम देखिएकाे हाे। त्यसमा शिक्षक-कर्मचारीकाे तलब, भत्ता समेटिएको छैन। याे सबै जाेड्दा बजेट ठुलाे हिस्सा क्षिक्षा क्षेत्रमा लगाइएकाे देखिन्छ।
तर मुख्य कुरा विद्यालयकाे सुविधासम्पन्न भवन, कम्प्युटर, ल्याव मात्रै हाेइन। हामीलाई पहिलाे चरणकाे समस्या भनेकाे कक्षा काेठामा शिक्षक पूरा समय बसेर विद्यार्थीलाई शिक्षा दियाे कि दिएन भन्ने छ। अधिकांश विद्यालयमा शिक्षकले नपढाइ तलब खाएकाे रिपोर्ट छ। नपढाउने प्रवृत्ति ठूलाे समस्या हाे। शिक्षकले ४५ मिनेट कक्षामा बसेर विद्यार्थीलाई सिकाउने वातावरण निर्माणका लागि हामी लागिरहेका छाैं।
गाउँ शिक्षा समिति र वडा शिक्षा समितिमार्फत अनुगमनलाई प्रभावकारी बनाउने गरी तयारी गरेका छाैं। विद्यार्थीलाई सिकाइ प्रक्रियामा सक्रिय रुपमा सहभागी गराउन चाहिने सामग्रीकाे कमी हुन दिइने छैन। त्यसपछि विस्तारै भाैतिक संरचना निर्माणमा पनि हामीले ध्यान दिनेछौं। समय अनुसार आधुनिक विज्ञान प्रयाेगशाला तथा कम्प्युटरमाे बन्दाेबस्त पनि हुने नै छ। तर हालकाे प्राथमिक भनेकाे माेटाे रककमा ठूला भवन भन्दा पनि शिक्षककाे नियमितता ठूलो कुरा हाे।
धेरैजसाे वडाध्यक्षले बजेटकाे अधिकांश हिस्सा मन्दिर निर्माणका लागि विनियोजन गरेकाे देखिन्छ। विद्यालयलाई कम र मन्दिर बढी प्राथमिकतामा दिइएकाे हाे?
वडाध्यक्ष ज्यूहरुले यसरी मन्दिर निर्माणमा बजेट विनियाेजन गरेकाे कुरा साँचाे हाे। जनस्तरबाट नै यस्ता याेजनाकाे माग भयाे भन्ने छ। हाम्रो नीति अनुरुप सबै जिम्मेवार बन्नुपर्छ भन्ने मेराे बुझाई हाे। तर, उहाँहरुकाे विषयमा मभन्दा बढी जिम्मेवार उहाँहरु स्वयं हाे। यस्ता आयाेजनाकाे आलोचना भयाे भने म जिम्मेवार हुन्नँ। हाम्राे नीति अनुरुप अगाडि संयन्त्रको निर्माण गर्दै प्रभावकारी काम गरी देखाउनेछाैं।