राष्ट्रपति र प्रधानमन्त्रीबीच के भयो कुराकानी ?

file photo
file photo

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारीसँगको भेटवार्ताका लागि प्रधानमन्त्री देउवा मंगलबार साँझ शीलतनिवास पुगेका थिए। 

राष्ट्रपति र प्रधानमन्त्रीबीच दुई घण्टा छलफल भएको थियो।  प्रधानमन्त्रीले सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए। त्यसक्रममा राष्ट्रपति भण्डारीले मल अभावबारे चासो व्यक्त गरेकी थिइन्। उनले मलको समस्या समाधानका लागि दीर्घकालिन समाधान खोज्न सरकारसँग आग्रह गरेकी थिइन्। 

राष्ट्रपति कार्यालयका सञ्चारविज्ञ टीका ढकालले राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटवार्ता भएको बताए। 

प्रकाशित मिति: : 2022-06-28 21:27:00

प्रतिकृया दिनुहोस्