मेरो श्रीमती र छोरा भएर मात्रै केन्द्रीय सदस्य भएका होइनन् : वामदेव गौतम

नेकपा राष्ट्रिय एकता पार्टी (प्रस्तावित) का संयोजक वामदेव गौतमले आफ्नो छोरा र श्रीमती केन्द्रीय कमिटीमा रहनुलाई उनीहरूले गरेको कम्युनिष्ट आन्दोलनको परिणम भएको बताएका छन्।

पार्टी घोषणा कार्यक्रममा उनले आफ्नै श्रीमती र छोरा मात्रै भएर केन्द्रीय सदस्य नभको दाबी गरे। उनले भने, ‘उनीहरू केन्द्रीय कमिटीमा छन् तर मेरो श्रीमती र छोरा भएर मात्रै होइनन्। मेरो सिंगो परिवार कम्युनिष्ट आन्दोलनमा छ।’

कार्यक्रममा उनले आफैले स्थापना गरेको कम्युनिष्ट पार्टीले धेरै ठूला नेता जन्माएको पनि बताए। साथै, आफ्नै सक्रियतामा निकै ठूला ठूला राजनीतिक परिवर्तन ल्याएको दाबी गरे।

प्रकाशित मिति: : 2022-06-28 15:49:00

प्रतिकृया दिनुहोस्