मन्त्री झाँक्री र कामु प्रधानन्यायाधीश कार्कीबीच भेटवार्ता

File Photo
File Photo

सहरी विकास मन्त्री रामकुमारी झाँक्री र कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीबीच भेटवार्ता भएको छ। कार्कीलाई भेट्न झाँक्री सर्वोच्च पुगेकी थिइन्।

मन्त्री झाक्रीले भेटका क्रममा आयोजना र विकास निर्माणसँग सम्बन्धित विचाराधीन मुद्दालाई छिटो टुंगो लगाइदिन आग्रह गरेको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए।

कार्कीले आफूले सम्भव भएसम्म सहयोग गर्ने, छिटो टुंगो लगाउन सकिने रहेछ भने मुद्दा फाँटबाट प्राथमिकता दिएर अगाडि बढाउने प्रतिवद्धता जनाएका थिए।

प्रकाशित मिति: : 2022-06-26 17:48:00

प्रतिकृया दिनुहोस्