महिला सहभागिताबारे संसदमै कांग्रेस र माओवादी नेतृको धारणा बाझियो

File Photo
File Photo

आगामी निर्वाचनमा महिला सहभागिताबारे प्रतिनिधिसभामा प्रमुख दल कांग्रेस र माओवादी केन्द्रकी सांसदको मत बाझिएको छ।

कांग्रेस सांसद पुष्पा भुसाल र माओवादी नेतृ रेखा शर्माको मत बाझिएको छ।

सांसद भुसालले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको माहोल सुरु भइसकेकाले प्रमुख दलहरूले निर्वाचनमा महिलाको प्रतिनिधित्व बढाउन छलफल थाल्न आग्रह गरिन्। उनले महिलालाई ५० प्रतिशत छुट्याउनुपर्ने उनले माग गरिन्।

भुसाललगत्तै आफ्नो धारणा राख्दै माओवादी सांसद रेखा शर्माले भने महिला सहभागिता ३३ प्रतिशत बनाउन कानुनमै बाध्यात्मक व्यवस्था गर्नुपर्ने माग गरिन्।

उनले स्थानीय तहको निर्वाचनमा पनि महिला प्रतिनिधित्व घटेको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि अनिवार्य रूपमा ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था हुनुपर्ने उनले बताइन्।

प्रकाशित मिति: : 2022-06-26 13:55:00

प्रतिकृया दिनुहोस्