बिएल संवाददाता
साउथ होस् या बलिउड हालका दिनमा केमियोको चलन तीव्र रुपमा बढिरहेको छ।
बलिउडमा मात्र होइन, साउथमा पनि यस्ता कैयौं स्टरा छन्, जस्को स्टार पावर कुनै पनि फिल्मलाई हिट बनाउनका लागि काफी छ। पछिल्लो समयमा बलिउडमा साउथ स्टारहरुले धमाधम केमियो गरिरहेका छन्।
रामचरण तेजा साउथका सुपरस्टार हुन्। हालै रिलिज फिल्म ‘आरआरआर’मा उनको अभिनयको तारिफ भएको थियो।
साउथमै रिलिज उनको फिल्म ‘आचार्य’ पनि हिट साबित भएकाे थियो। यिनै रामचरण बलिउडका सुपरस्टार सलमान खानको फिल्म ‘कभी इद कभी दिवाली’मा केमियो गर्दैछन्।
शाहरुख खानको फिल्म ‘जवान’को पोस्टर केही दिनअघि रिलिज भएको थियो। यो पोस्टरमा शाहरुख पट्टी बाँधेर अनौठो रुपमा देखिएका थिए।
यो फिल्ममा साउथ अभिनेत्री नयनतारा शाहरुखको अपोजिटमा छिन्। यो फिल्ममा साउथ सुपरस्टार थलापति विजय पनि केमियो भूमिकामा देखिँदैछन्।
अर्का साउथ स्टार सूर्याले फिल्म ‘जय भीम’बाट अभिनयको तारिफ राम्रो पाए। उनी चाँडै अक्षय कुमारको फिल्ममा देखिँदैछन्। सूर्या साउथको फिल्म ‘सोरारई पोटरु’मा प्रमुख भूमिकामा देखिएका थियो। अब यो फिल्मको हिन्दी रिमेक बन्दैछ, जसमा सूर्याकै अभिनय रहनेछ।
अभिनेत्री रश्मिका मन्दानासँग हालका दिनमा बलिउडका तीन फिल्म छन्। उनी सिद्धार्थ मल्होत्राका साथ ‘मिसन मजनू’मा देखिँदैछिन्।
यसबाहेक विकास बहलको ‘गुडबाय’मा अमिताभ बच्चन र नीना गुप्ताका साथ देखिँदैछिन्। यसबाहेक उनी रणवीर कपूरका साथ फिल्म ‘एनिमल’मा पनि देखिँदैछिन्।
नागा चैतन्य हालका दिनमा आफ्नो निजी जीवनलाई लिएर चर्चामा छन्। उनी आमिर खानको फिल्म ‘लाल सिंह चड्डा’मा केमियो गर्दैछन्। यो फिल्मका लागि उनलाई आमिरले नै प्रस्ताव गरेका थिए।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया