राष्ट्रियसभाबाट बजेट पारित भएपछि मन्त्री पद छाड्छौँ : विरोध खतिवडा

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेका विरोध खतिवडाले राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएपछि मन्त्री पद छाड्ने बताएका छन्।

पार्टीको पोलिट्ब्यूरो बैठकमा सहभागी भएर बाहिरिने क्रममा उनले राष्ट्रियसभाबाट बजेट पारित भएपछि स्वतः आफूहरु मन्त्रीबाट हट्ने प्रतिक्रिया दिएका हुन्।

यसबारे बैठकलाई लिखित जानकारी गराइसकेको उनले बताए। ‘राष्ट्रियसभाबाट बजेट पारित भएपछि स्वतः मन्त्री छाड्छौँ,’ उनले भने, ‘पार्टीको निर्णय मान्छौँ। मन्त्री पद शतप्रतिशत छाड्छौँ।’

प्रकाशित मिति: : 2022-06-24 17:33:00

प्रतिकृया दिनुहोस्