फेरि प्रधानमन्त्री हुने प्रचण्डलकाे चाहना

सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फेरि एक पटक प्रधानमन्त्री हुने चाहना व्यक्त गरेका छन्।

नेपाल पर्वतारोहण संघले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले फेरि एकपटक प्रधानमन्त्री भएर देशलाई नयाँ युगतिर लैजाने आफ्नो सपना रहेको बताएका हुन्।

परिवर्तन ल्याउन आफूले नेतृत्वदायी भूमिका खेलेको भन्दै उनले देशको नेतृत्व गर्न पाए देशका विद्यमान तमाम विकृतिहरुमाथि निर्मर प्रहार गर्दै अघि बढ्ने बताए।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने, ‘अहिले तपाईंहरूले अबको प्रधानमन्त्री भन्नुभयो। तपाईंहरूको आशीर्वादले तेस्रो पटक देशको नेतृत्व गर्ने मौका पाएँ भने देशलाई नयाँ युगतिर लैजाने, अहिलेका तमाम विकृतिमाथि प्रहार गर्दै समृद्धिको यात्रामा लैजाने सपना मेरो मनभित्र छ।’

उनले आफू प्रधानमन्त्री हुँदा धेरै चिज सुधार गर्ने प्रयास गरेको बताउँदै त्यसमा गर्व महशुस हुने गरेको बताए।

‘मेरै नेतृत्वमा हजारौं नेपालीहरुको बलिदान भएको छ। यो परिवर्तन ल्याउनका निम्ति। यहाँ त्यो कुरा पनि आयो’, प्रचण्डले भने।

प्रकाशित मिति: : 2022-06-24 20:45:00

प्रतिकृया दिनुहोस्