माओवादी परित्याग गरेका जीवन गौतम एमालेमा प्रवेश 

नेकपा माओवादी केन्द्र परित्याग गरेका तत्कालिन माआवादी केन्द्र दाङका इन्चार्ज तथा केन्द्रीय सदस्य जीवन गौतम नेकपा एमालेमा प्रवेश गरेका छन्।

उनी आज एमाले केन्द्रीय कार्यालयमा पुगेर एमाले प्रवेश गरेका हुन्। एमाले महासचिव शंकर पोखरेलको उपस्थितिमा एमाले अध्यक्ष केपी शर्मा ओलीले गौतमलाई स्वागत गरेका थिए।

उनले गएको वैशाख ५ गते माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका थिए। घोराहीमा माओवादीले मेयरमा टिकट नदिएपछि उनले पार्टी त्याग गरेका थिए।

प्रकाशित मिति: : 2022-06-24 16:37:00

प्रतिकृया दिनुहोस्