यस्तो छ रवि लामिछाने नेतृत्वको पार्टीको कार्यालय

सञ्चारकर्म छाडेर रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेका छन्। उक्त पार्टीको केन्द्रीय कार्यालय सञ्चालनमा आएको छ।बसुन्धाराबाट पार्टीको कार्यालय सुभारम्भ भएको हो।

मंगलबार घोषणा गरिएको पार्टीको कार्यालय सभापति लामिछानेले शुभारम्भ गरेका हुन्। लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि आजै निर्वाचन आयोगमा निवेदनसमेत दिएका छन्।

यो पार्टीमा २१ जना सदस्य रहेको जनाइए पनि नाम भने सार्वजनिक गरिएको छ। निवेदन दिँदै लामिछानेले नचिनिएका व्यक्तिहरु टीममा रहेको बताएका छन्। 

उनले पार्टी दर्ता प्रमाण पत्र पाएका दिन अन्य सदस्यको नामबारे जानकारी दिने बताएका छन्।

प्रकाशित मिति: : 2022-06-21 18:51:00

प्रतिकृया दिनुहोस्