एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

File Photo
File Photo

सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरशीप प्रोग्राम (एसपिपी) लागू नगर्ने भन्दै अमेरिकालाई पत्र लेख्ने भएको छ। 

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने निर्णय गरेको बैठकमा सहभागी एक मन्त्रीले बिएल नेपाली सेवालाई जनाएका छन्।

एसपीपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपीपी सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त भइरहँदा सरकारले पत्र लेख्ने निर्णय गरेको हो।

प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित सत्ता गठबन्धनका वामपन्थीसहितका दलले एसपिपी अस्वीकार गर्न दबाब दिएका थिए। तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भइसकेको छ। 

नेपाली सेनाले अमेरिकी सेनासँग सहकार्य गर्ने विषय एसपीपीमा उल्लेख छ। उक्त सम्झौताका लागि तयार गरिएको भनिएको प्रस्तावको मस्यौदामा नेपालको भू–भाग अमेरिकी सेनालाई अभ्यासका लागि उपलब्ध गराउने उल्लेख थियो।

प्रकाशित मिति: : 2022-06-20 19:28:00

प्रतिकृया दिनुहोस्