काठमाडौं महानगरपालिकाले ७० वर्ष नाघेका ज्येष्ठ नागरिकको घरमै गई स्वास्थ्य परीक्षण गर्ने भएको छ।
नीति तथा कार्यक्रममा ज्येष्ठ नागरिकलाई वडा कार्यालयमार्फत सरकारले उपलब्ध गराउने औषधि निःशुल्क दिने सहजीकरण गर्ने भएको छ।
महानगरको विशेष भत्ता योजना ७५ वर्षमाथिका नागरिकलाई वार्षिक १२ हजार निरन्तरता दिएको छ।
ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप र अनुभव पुस्तान्तरण र हस्तान्तरण गर्न वडास्तरमा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने भएको छ।
‘क’ वर्गका अपांगलाई वार्षिक ३ हजारबाट ६ हजार पुर्यारइने भएको छ। अपांगमैत्री एटीएम मेसिन चलाउन बैंकसँग समन्वय गर्ने भएको छ।