पहिलोपोष्ट
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले बिहीवार हालसम्मकै सबैभन्दा ठुलो परिमाणमा लागूऔषध हेरोइन बरामद गरेर सार्वजनिक गर्यो। ब्युरोले सेतो ४९ केजी र खैरो २ केजी हेरोइनसहित सात जना विदेशी महिला पक्राउ गरेको हो। पक्राउ परेकामा सबै दक्षिण अफ्रिकन महिलाहरू रहेका छन्।
प्रहरीले जेठ २६ गते दुबई ट्रान्जिट बनाएर काठमाडौं आएकी २९ वर्षीया म्हलाको मौरीन माथिबालाई पक्राउ गरेको थियो। त्यसपछिका अन्य कनेक्सन हेर्दै जाँदा थप ६ जना विदेशी महिला ठुलो परिणाममा हेरोइनसहित समातिएका हुन्। उनीहरू दक्षिण अफ्रिकाबाट दुबई र कतारको दोहा हुँदै नेपाल आएका थिए।
नेपाल ओर्लिएपछि सबै महिला ठमेलको विभिन्न पाँच वटा होटलमा बस्न पुगेको प्रहरीको अनुसन्धानमा देखिएको छ। यसरी विदेशबाट हेरोइन पठाउन विभिन्न ६ वटा गुप्रहरु सक्रिय भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनीहरूले दक्षिण अफ्रिकाबाट नै कारोबार समूह सञ्चालन गरेको देखिएको छ। प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन (इन्टरपोल) सँग सहकार्य गरेर अनुसन्धान गरिरहेको जानकारी दिएको छ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया