अमेरिकाको स्टेट पार्टरसीप प्रोग्राम(एसपीपी)मा सहभागी हुन भन्दै पठाएको पत्रबारे नेपाली सेनाको मुख्यालयमा आकस्मिक बैठक सुरू भएकाे छ।
एसपीपी सम्झौताबारे प्रक्रिया सुरु नगरिको भनेकाे भोलिपल्ट (आज) तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षत्रीको हस्ताक्षर भएको पत्र सार्वजनिक भएपछि जंगीअड्डामा आकस्मिक छलफल थालिएको हो।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएको १५ दिनपछि क्षत्रीले एसपीपी अघि बढाउन अमेरिकी राजदूत अलाइना बी. तेप्लिजलाई पठाएको भन्दै बिहीबार एउटा शंकास्पद पत्र बाहिरिएको हो।
बिहीबार सार्वजनिक भएको पत्रमा सेनाले २०७२ कात्तिक १० गते नेपालको लागि तत्कालिन अमेरिकी राजदूत एलिना बी. टिप्लिट्जलाई पत्र लेखि एसपीपीमा सहभागी हुन अनुरोध गरेको पाइएको छ।