राजतन्त्र पुनर्स्थापनाकाे एजेण्डा छाडे लिङ्देनसँग पार्टी एकता गर्न तयार छु : कमल थापा

राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको एजेण्डा राप्रपाले छाडे पार्टी एकता हुने बताएका छन्। बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै थापाले यस्ताे बताएका हुन्।

राजनीतिमा पार्टीका एजेण्डा समय क्रमसँगै परिर्वतन हुँदै जाने भन्दै उनले अहिलेको अवस्थामा राजतन्त्र पुनर्स्थापना सही नभएको बताउँदै भने,‘असम्भव एजेन्डा बोक्दा आफैं फेल हुने भएकोले राजतन्त्र पुनर्स्थापनालाई छोडेर हिन्दू राज्यको एजेन्डा बोकेका हौं। यदि यो राजतन्त्र पुनर्स्थापनाको एजेण्डा लिङ्देनले छाडे म पार्टी उहाँलाई बुझाइदिन तयार छु।’

उनले हिन्दू राज्य र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्ने समेत बताए।

त्यस्तै उनले पार्टी छाड्नुको कारणबारे बेलिविस्तार लगाउँदै थापाले पार्टीभित्र निर्मल निवासको ठाडो हस्तक्षेप भएपछि पार्टीलाई पुनर्जागरण गर्दै अलग भएको बताए।

प्रकाशित मिति: : 2022-06-09 11:14:00

प्रतिकृया दिनुहोस्