प्रतिनिधिसभाको अर्को बैठक बिहीबार पनि बस्ने

file photo
file photo

प्रतिनिधि सभाको बैठक जेठ २६ गते बिहीबार पनि बस्ने भएको छ। बिहीबार ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल हुने जनाइएको छ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल जारी छ। 

बिहीबारको कार्यसूचिमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमथि छलफल हुने जनाइएको छ।

प्रकाशित मिति: : 2022-06-08 19:31:00

प्रतिकृया दिनुहोस्