काठमाडौँ उपत्यकाको फोहोर बञ्चरेडाँडामा फाल्न सुरु गरिएको छ।
मंगलबार बिहान काठमाडौं उपत्यकाको फोहोर लिएर बञ्चरेडाँडा पुगेका गाडीलाई स्थानीयले अवरोध गरेपछि प्रहरी परिचालन गरेर फाल्न सुरु गरिएको हाे।
फोहोरकाे गाडीहरुमा गन्ध नआउने केमिकल छर्किएर फाेल्न थालिएकाे हाे। बञ्चरेडाँडामा अहिले धमाधम फोहोर विसर्जन भइरहेकाे छ।
लामाे समयदेखि काठमाडाैँ उपत्यकाको फोहाेर व्यवस्थापन नहुँदा सबैको टाउको दुखाइको विषय बनेको थियाे। पछिल्ला समय उपत्यकामा फोहोर उठ्न सकेकाे थिएन।