एकीकृत समाजवादीले बुझायाे देउवालाई नयाँ मन्त्रीहरुको नाम

File Photo
File Photo

नेकपा एकीकृत समाजवादीले आफ्नाे पार्टीबाट बन्ने नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले सबै मन्त्रीलाई फिर्ता बोलाएसंगै नयाँ मन्त्रीहरूकाे नाम प्रधानमन्त्री देउवालाई बुझाएको हाे।

यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ सरकारमा सहभागी थिए।

नयाँ मन्त्रीहरुको नामावली अनुसार मेटमणि चौधरी शहरी विकासमन्त्री, जीवनराम श्रेष्ठ पर्यटन, शेरबहादुर कुँवर श्रममन्त्री बन्नेछन्।

यसैगरी स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी बन्ने पक्का भएको छ। यसअघि राज्यमन्त्री रहेका भवानी खापुङले भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी पाउने भएका छन्। 

प्रकाशित मिति: : 2022-06-05 16:49:00

प्रतिकृया दिनुहोस्