एकीकृत समाजवादीबाट यी नेता बन्दैछन् नयाँ मन्त्री

File Photo
File Photo

नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँचजना मन्त्रीलाई फिर्ता बोलाएकाे छ।

एकीकृत समाजवादीको आइतबार बसेको सचिवालय बैठकले मन्त्रीहरू हेरफेर गर्ने निर्णय गरेको हो।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाँकी, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठलाई फिर्ता बोलाएको एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले जानकारी दिएका छन्।

पौडेलका अनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन्। त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन्।

यसअघिका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्नेछन्।

प्रकाशित मिति: : 2022-06-05 16:04:00

प्रतिकृया दिनुहोस्