प्रचण्डलाई भेट्न खुमलटारमा पुगे बालेन साह 

काठमाडौं महानगरपालिकाका मेयर बालेन साह खुमलटार पुगेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालेन शनिबार बिहान खुमलटार पुगेका हुन्।

खुमलटार भेटघाटमा महानगरपालिकालाई विकास तथा समसमायिक राजनीतिक बिषयमा छलफल भएको प्रचण्डका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए।

यसअघि बालेनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटघाट गरिसकेका छन्।

प्रकाशित मिति: : 2022-06-04 10:23:00

प्रतिकृया दिनुहोस्