सेयर बजार निरन्तर ओरालाे, नेप्से २१०० बाट तल झर्‍याे

File photo
File photo

नेपाली सेयर बजार नेप्से परिसूचक शुक्रबार २१०० मुनि झरेको छ।

नेप्सेमा शुक्रबार ३३।७६ अंकले ओरालो लागेसँगै नेप्से परिसूचक २ हजार ७१ दशमलव ९४ अंकमा पुगेको छ। नेप्सेमा बिहीबार १८.२६ अंक र बुधबार ७.१९ अंकले ओरालो झरेको थियो।  

बिहान नेप्सेमा खुल्दा २१ सय १२ अंकबाट सुरु भएको बजारको अन्तिममा नेप्से परिसूचक  २० सय ७१ अंकमा पुगेर बन्द भएको छ। बजारमा सेन्सेटिभ इन्डेक्स ७.१८ अंकले घटेर ४०३ दशमलव ४८ अंकमा पुगेको छ।

नेप्सेमा ३८ लाख ४८ हजार ५०८ कित्ताको सेयर खरिदबिक्री हुँदा १ अर्ब ३० करोड ७३ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेमा शुक्रबार २२६ कम्पनी सेयर कारोबार हुँदा १९७ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने २० कम्पनीका सेयरधनीले नाफा कमाएका छन। 

त्यस्तै ९ कम्पनीको सेयर मूल्य बिहीबारकै मूल्यमा कारोबार भएको छ।  सेयर बजारमा २ कम्पनीको बलेफी हाइड्रो पावर कम्पनी र उपकार लघुवित्त वित्तीय संस्थाको  सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।  

सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १५  रुपैयाँले बढेर १६८ रुपैया पुगेको छ। उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा १५९ रुपैयाँ बढेर १७ सय ५७ रुपैया पुगेको छ।
 

प्रकाशित मिति: : 2022-06-03 16:07:00

प्रतिकृया दिनुहोस्