बिएल संवाददाता
अमेरिकामा रहेका नेपालीहरूले अन्तर्राष्ट्रिय सगरमाथा दिवस मानएका छन्।
सन् १९५३ मे २९ मा विश्वको सर्वाेच्च शिखर सगरमाथामा पहिलाे पटक पाइला टेक्न सफल स्व. एडमन्ड हिलारी र स्व.तेन्जिङ नाेर्गे शेर्पाकाे सम्झनामा मे २९ तारिखका दिन अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइने गरिन्छ, साेही अवसरमा अमेरिकाकाे न्यूयाेर्कमा याे दिवस विभिन्न कार्यक्रम गरी मनाइएकाे हाे।
न्यूयाेर्कस्थित ज्याक्सन हाइटमा भएकाे कार्यक्रम यु यस नेपाल, कलाइम्बर्स एसोसिएसन इन्क युयसएले युनाइटेड शेर्पा एसोसिएसन अमेरिकासँगको सहकार्यमा कार्यक्रम आयोजना गरेकाे थियाे। जसमा हिमाल आरोहणको क्रममा ज्यान गुमाउने आरोहीहरुको सम्झनाको लागि लामा धर्मगुरुहरुद्वारा विशेष पूजापाठ तथा दीप प्रज्वलन गरी कार्यक्रम गरिएको थियो।
त्यस्तै नेपाली राष्ट्रिय गान र अमेरिकाको राष्ट्रिय गानसँगै हिमाल आरोहणको क्रममा दिवंगत भएका सम्पूर्ण साहसी पवतारोहीहरुको सम्मानमा १ मिनेट मौनधारण गरी कार्यक्रम सुरू गरिएकाे थियाे।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि महामहिम श्री.अमृतबहादुर राई र विशिष्ठ अतिथिको रुपमा नेपाली महावाणिज्यदूत न्यूयार्कका विष्णुप्रसाद गौतम, धर्म गुरु उर्गेन टुल्कु, खाम्बाचे शेर्पालगायत विभिन्न संघ संस्थाका प्रतिनिधीहरु, पत्रकारहरु तथा अमेरिकामा रहेका हिमाल आरोहीहरुको उपस्थिति रहेको थियो।
त्यस्तै कार्यक्रममा न्यूयोर्क राज्य विधान सभाका सदस्य जेनिफर राजकुमारका कार्यालय प्रतिनिधि कार्लोसले न्यूयोर्क राज्यले यु यस नेपाल कलाइम्बर्स एसोसिएसनलाई प्रदान गरेको लेजिस्लेटिभ् रिजोलुसन प्रमाणपत्र बाजा, गाजासहित कार्यक्रम स्थलमा भित्र्याइ यु यस नेपाल कलाइम्बर्स एसोसिएसनका अध्यक्ष पासाङ् निमा शेर्पालाई हस्तान्तरण गरेका थिए।
करिब ३ दर्जन सगरमाथा आरोहीसहित १२० जनाको सहभगिता रहेको उक्त कार्यक्रममा गत मे १३ मा सगरमाथाको सफल आरोहण गरेका सोलुखुम्बु, ठमो गाउँका हाल न्यूयोर्क निवासी निमा डोमा शेर्पालाई सम्मानसहित प्रमाणपत्र दिइएकाे थियाे।
कार्यक्रम स्थलमा पर्वतारोहीहरुले प्रयोग गर्ने विभिन्न पोशाकहरुको पनि प्रदर्शन गरिएको थियो। कार्यक्रम सकिएपछि साँझ अतिथिहरु तथा कलाइम्बर्सहरुले केहीबेर डिजे संगीत सँगै नाचगान गरी हर्ष उल्लास समेत मनाएका थिए।
न्यूयोर्क राज्य विधान सभा सदस्य जेनिफर राजकुमार, न्यूयोर्क राज्य गर्भनर क्याथी होचुल र न्यू योर्क राज्य विधान सभा कलर्क मेरी अन्ने ई डेन्ड्लेसद्वारा न्यूयोर्क राज्यको एसेम्बली हल अलबानीबाट प्रत्येक वर्ष मे २९ लाई अन्तराष्ट्रिय सगरमाथा दिवस घोषणा गरिएकाे थियाे।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया