बतास समूह पशुपति धर्मशालाबाट ‘आउट’!

बतास समूहलाई पशुपति धर्मशालामा होटल सञ्चालन गर्न दिने गरी भएको अन्तरकालीन आदेश बदर गरेको छ।

बुधबार न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले यसअघि काठमाडौं जिल्ला अदालतले नै गत चैत २५ गते बतास समूहको पक्षमा दिएको अन्तरकालीन आदेश बदर गरिदिएको हो।

अदालतले नेपाल-भारत मैत्री पशुपति धर्मशालामा आनन्द बतासले सञ्चालन गरिरहेको होटलको पक्षमा अन्तरकालीन आदेश दिएको थियो।

सोही अन्तरकालीन आदेशविरूद्ध पशुपति क्षेत्र विकास कोषले निवेदन दिएको थियो। उक्त निवेदनको सुनुवाइ गर्दै न्यायाधीश पोखरेलको इजलासले कोष र बतास समूहबीचको करार भंग भइसकेकाले पुनः होटल सञ्चालन गर्न दिनु कानुनबमोजिम नहुने भन्दै अन्तरकालीन आदेश बदर गरिदिएको हो। 

हेर्नुहोस् आदेश:

प्रकाशित मिति: : 2022-06-01 19:00:00

प्रतिकृया दिनुहोस्