कात्तिकमा संसदीय निर्वाचन गर्ने गठबन्धनकाे तयारी

सत्तारुढ दलहरुले आगामी कात्तिकमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन गर्ने गरी छलफल अघि बढाएका छन्।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिकमा निर्वाचन गर्ने गरी प्रस्ताव आएको नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।

‘आजकाे बैठकमा संसदीय निर्वाचनबारे छलफल भयाे। निर्वाचन कात्तिक अन्तिम साता गर्ने कि मंसिर पहिलाे साता भन्नेमा छलफल चलेकाे थियाे,’ नेता श्रेष्ठले भने,‘अधिकांश साथीहरूले कात्तिकमै चुनाव गर्दा राम्राे हुने सुझाव राख्नुभएकाे छ।’

प्रकाशित मिति: : 2022-06-01 16:40:00

प्रतिकृया दिनुहोस्