मन्त्री आलेले के भनेका थिए जसबाट चिढिए व्यवसायी, नयाँ जहाज खरिद सम्भव छ ?

पहिलोपोष्ट

काठमाडाैँ

 'नेपालमा अधिकांश हेलिकोप्टर र प्लेन सेकेण्ड ह्याण्ड आउँदो रहेछ। युरोपमा काम नलाग्ने जहाज नेपालमा आउँदो रहेछ। यसले गर्दा मानिसको जीवनमाथि खेलबाड गर्ने काम भइरहेको छ,' तारा एयरको विमान दुर्घटना भएपछि संसदीय समितिमा सोमबार भएको छलफलमा पर्यटन मन्त्री आलेले यसरी आफ्नो अभिव्यक्ति राखेका थिए। उनले नेपालको आन्तरिक उडानका प्रयोग हुने अधिकांश जहाज कामै नलाग्ने भएको टिप्पणी गरेका थिए।

तारा एयरको विमान दुर्घटनामा २२ जनाको मृत्यु भएपछि अहिले आन्तरिक उडानबारे विभिन्न प्रश्न उठिरहेको बेला मन्त्रीले नै आन्तरिक उड्डयन क्षेत्रबारे आफ्नो धारणा राखे। अहिले उनको यही अभिव्यक्तिको आलोचना भइरहेको छ। आन्तरिक उडानमा प्रयोग हुने धेरैजसो जहाज कामै नलाग्ने रहेको बताएपछि उड्डयन क्षेत्रमा आवद्ध विज्ञ तथा व्यवसायीहरुले चर्को असन्तुष्टि जनाएका हुन्।

प्रकाशित मिति: : 2022-06-01 12:23:00

प्रतिकृया दिनुहोस्