नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आगामी असोजमा महाधिवेशन गर्ने भएको छ। उदयपुरमा सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले असोज १ देखि पार्टीको नवौँ महाधिवेशन गर्ने निर्णय गरेको हो।
नेता धर्मेन्द्र बाँस्कोटा, हेमन्त प्रकाश ओलीलगायतले पार्टी विभाजन गरेर नेकपा (बहुमत) बनाएपछि बसेकाे बैठकले साेही समयमा महाधिवेशन गर्ने निर्णय गरेकाे नेता रामलाल विश्वकर्माले बिएल नेपाली सेवासँग बताए।
बैठक जेठ १२ देखि १७ गतेसम्म चलेको थियाे।