मुस्ताङको थसाङ गाउँपालिका–२ को सानोस्वारे भीरमा दुर्घटनामा परेको तारा एयरको 'ब्ल्याक बक्स' भेटिएको छ।
दुर्घटनास्थलमा साेमबारदेखि खटिएका उद्धारकर्ताले दुई दिनको खोजीपछि 'ब्ल्याक बक्स' भेटाएका हुन्। तारा एयरको 'ब्ल्याक बक्स'सँगै विमानमा सवार सबै यात्रुकाे शव पनि फेला परेकाे अधिकारीहरूले जनाएका छन्।
ब्ल्याक बक्स भनेकाे के हाे?
विमानको पछिल्लो भागमा पंखाको साईडमा राखिएको एक महत्वपूर्ण उपकरण हो, ब्ल्याक बक्स।
याे एकदमै बलियो धातु टाइटेनियमबाट बनेको हुन्छ, जसलाई आगोले जलाउन सक्दैन।
ब्ल्याक बक्स खासमा एक रेकर्डर हो। जसमा विमानभित्रका सबै आवाज रेकर्ड हुन्छन्। विमान जस्तोसुकै दुर्घटनामा परे पनि यो ब्ल्याक बक्स सकुशल रहन्छ। जसमा रेकर्ड भएको आवाजले दुर्घटना कसरी भयो भन्ने पत्ता लगाउन सहज हुन्छ।
यसकाे सहायताले दुर्घटनाका बेला जहाजमा के भएकाे थियो। पाइलटहरुले के कस्तो कुरा गरेका थिए? भन्ने सबै कुरा त्यहि ब्ल्याक बक्सबाट थाहा हुन्छ। त्यसैले विमान दुर्घटना हुने बित्तिकै ब्ल्याक बक्सको खोजी गरिन्छ।