प्रवेश बिष्ट
सोलुखुम्बुको सोताङ गाउँपलिकाका दुईजना जनप्रतिनिधिलाई आफ्नै पार्टीका कार्यकर्ताले कालोमोसो, जुत्ताको माला र कुटपिटसहित भौतिक आक्रमण गरेका छन्।
चुनावमा अन्तर्घात गरेको भन्दै सोताङ गाउँपलिका–४ मा एमालेबाट निर्वाचित वडा सदस्य सन्देश तामाङ र वडा–२ का निर्वाचित वडा सदस्य दुर्गाप्रसाद राईलाई एमाले गाउँ कमिटी बैठकमा आक्रमण भएको हो।
चुनावको समीक्षा गर्न डाकिएको बैठकमा तामाङ र राईलाई कांग्रेसको पैसा खाएर पार्टीका उम्मेदवारलाई हराउने काम गरेको आरोप लगाउँदै कार्यकर्ताले कालोमोसो दलेर जुत्ताको माला लगाउँदै कुटपिट गरेका हुन्।
गाउँपालिकाको गाउँ कार्यपालिका गठनको लागि भएको निर्वाचनमा तामाङ र राई कांग्रेसको २५ हजार रुपैयाँ खाएर आफ्ना उम्मेदवारलाई हराएको आरोप एमाले कार्यकर्ताले लगाएका छन्।
एमाले सोताङ गाउँ कमिटी अध्यक्ष वीरबहादुर राईले विज्ञप्ति निकाल्दै सोमबार सोताङ गाउँपालिकाको गाउँ कार्यपालिका गठनको लागि भएको निर्वाचनमा राई र तामाङले पार्टी ह्वीप विपरित कांग्रेसलाई भोट हालेको आरोप लगाएका छन्।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया