सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालले विद्यार्थीलाई १११ मिलियन अमेरिकी डलर तिर्नुपर्ने !

wjon
wjon

सेन्ट क्लाउड अर्थोपेडिक अस्पतालले विरामीको शल्यक्रियामा लापरबाही गरेकाे कारण १११ मिलियन अमेरिकी डलर तिर्ने भएको छ । 

अमेरिकी अदालतले उक्त अस्पताललाई नेपाली विद्यार्थी अनुज थापालाई १११ मिलियन अमेरिकी डलर तिर्न आदेश दिएको हाे।

२०१७ जनवरीमा फुटबल खेल्दा अनुजको देब्रे खुट्टा भाँचिएको थियो।

प्रतिद्वन्द्वी पक्षले बल समातेर खुट्टामा हिर्काउँदा उनी  मैदानमा लडेका थिए। जसकारण उनकाे देब्रे खुट्टामा धेरै चोट लाग्याे। 

घाइते भएका उनलाई  सेन्ट क्लाउड अस्पतालको सेन्टर केयरमा लगिएको थियो। 

 डाक्टर  डा. चाड हो–लियनले उनकाे खुट्टा भाँचिएको बताए।

लियनको  नेतृत्वमा खुट्टाको शल्यक्रिया  भएकाे  तर उनको खुट्टा  निको  भएन। 

शल्यक्रिया पछिको भोलि पल्टदेखि नै थापाको  पिडा बढ्दै  गयाे। उनले खुट्टा  चलाउन पनि  सकेनन्। 

अस्पतालबाट  डिस्चार्ज भएका उनी  घर पुग्दा झनै अवस्थ  बिग्रँदै गयो। 

छ दिनपछि उनलाई फेरि अस्पतालमा भर्ना गरियो। दोस्रो पटक अस्पतालमा भर्ना भएपछि अर्थोपेडिक विभागका अर्का डाक्टरले थापाको जाँच गरे। त्यसपछि खुट्टामा हड्डी र मांसपेशीको समस्या भएको पत्ता लाग्यो। 

हालसम्म १२ वटा शल्यक्रिया भइसकेका छन्। पटक–पटक शल्यक्रिया गर्दा पनि  समस्या कम भएन। बरु, पीडा ढ्दै गयो र अन्ततः थापाको खुट्टा चलाउन सक्ने क्षमता गुम्यो।

मिनेसोटा अदालतले झन्डै दुई वर्षको मुद्दापछि थापाको पक्षमा फैसला गरेको छ।

अधिवक्ता स्टेभन एससी–ह्युमनले थापाको मुद्दामा सेन्ट क्लाउड अस्पतालको तर्फबाट बहस गर्दै थापाको उपचार र शल्यक्रिया तोकिएको मापदण्डअनुसार भएको दाबी गरे।

प्रकाशित मिति: : 2022-05-27 16:06:00

प्रतिकृया दिनुहोस्