काठमाडौंको मेयरमा बालेन शाह विजयी

बालेन्द्र शाह अर्थात् बालेन काठमाडौं महानगरपालिकाको मेयरमा विजयी भएका छन्।

स्वतन्त्र उम्मेदवार उनी ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा विजयी भएका हुन्। लौरो चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका थिए, बालेन।

सत्ता गठबन्धन र एमालेका बहुचर्चित उम्मेदवारहरूलाई हराउँदै उनले मेयर पद जितेका छन्।

उनका निकटम प्रतिद्वन्द्वी गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले ३८ हजार ३४१ मत ल्याइन्। नेकपा (एमाले)का उम्मेदवार तथा पूर्वमेयर केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे।

मेयरमा जितेका बालेन काठमाडौंको वडा–९ तीनकुने, गैरिगाउँका स्थायी बासिन्दा हुन्।

त्यस्तै, उपमेयरमा नेकपा (एमाले)की उम्मेदवार सुनिता डंगोल विजयी भइन्। उनले ६८ हजार ६१२ मत ल्याउँदा निकटम प्रतिद्वन्द्वी नेकपा समाजवादीका रामेश्वर श्रेष्ठले २३ हजार ८०६ मत पाएकी छन्।

प्रकाशित मिति: : 2022-05-26 22:45:00

प्रतिकृया दिनुहोस्