सुन्दरी प्रतियोगिताका नाममा याैन दुर्व्यवहार गर्ने शंखर पक्राउ

विजय धिमाल

उर्लाबारी

झापामा सुन्दरी प्रतियोगिता जिताई दिनछु भन्दै यौन दुर्व्यवहार गरेको आरोपमा ‘मिस्टर एन्ड मिस कलेज २०२२ का आयोजक संस्था शंकर आर्ट्स फाउन्डेसनका निर्देशक लालबहादुर शंकरलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ।

दमककै १७ वर्षीया किशोरीले शंखरविरुद्ध उजुरी गरेपछि प्रहरीले शंकरलाई नियन्त्रणमा लिएकाे हो।

शंखरले फेसबुक म्यासेन्जर र ह्वाट्स एपमार्फत आफूसँग नजिक भएमा प्रतियोगिता जिताइदिने भन्दै यौन दुर्व्यवहार गरेको किशोरीले उजुरीमा उल्लेख गरेकी छन्।

इलाका प्रहरी कार्यालयमा वैशाख २८ मा उजुरी परेकाे थियो। चुनावी चहलपहलमा व्यस्त भएका कारण तीन दिनअघि उनलाई प्रहरीले नियन्त्रणमा लिएकाे भनाइ छ।

जिल्ला अदालत झापाबाट ७ दिन म्याद थप गरी बालयौन दुरूपयोग कसुरमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रकाशित मिति: : 2022-05-26 19:27:00

प्रतिकृया दिनुहोस्