कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ।

गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन्।

विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिले पूर्व निर्धारित कार्यक्रमहरु सबै स्थगित गरेर मन्त्री क्वाटरमै आराम गरिरहेको मन्त्री अधिकारीले बताए।

‘म अहिले निकै अस्वस्थ भएको छु। मैले दाङ जाने कार्यक्रम थियो त्यो पनि स्थगित गरेको छु। अहिले प्रधानमन्त्रीको बिदाइको लागि एकचोटी जाउँ कि भनेर सोचिरहेको छु,’ उनले भने।

एक कार्यक्रमका लागि विराटनगर गएका उनी पाँच दिनअघि नै काठमाडौं फर्किएका थिए। विराटनगरबाट फर्किएपछि उनलाई डेंगु संक्रमण पुष्टि भएको हो।

प्रकाशित मिति: : 2024-09-20 11:19:00

प्रतिकृया दिनुहोस्