दाङको तुसीपुर उपमहानगरपालिकामा गठबन्धनलाई हराउँदै एमालेले जित निकालेको छ।
एमालेबाट नगरप्रमुखका उम्मेदवार टिकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका छन्।
खड्काले गठबन्धनबाट नगप्रमुखका उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतले पराजित गर्दै विजयी भए। खड्कोले ३१ हजार ४०८ मत प्राप्त गरे भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरे।
यस्तै उपप्रमुखमा चौधरीले गठबन्धनबाट एकिकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतले पराजित गर्दै विजयी भएकी छन्।
चौधरीले३० हजार ५९७ मत प्राप्त गर्दा रानाले२१ हजार ६५ मत प्राप्त गरेका छन्।
१९ वटा वडा रहेको तुलसीपुरमा एमालेले १० वडामा जित निकालेको छ भने काँग्रेसले ५, माओवादी केन्द्रले ३ र स्वतन्त्रले १ वडामा जित निकालेका छन्।