काठमाडौँकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह विजयी

File Photo
File Photo

काठमाडौं महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) विजयी भएका छन्।

महानगरपालिकाको मतगणना नसकिँदै बालेनले भारी मतान्तरले विजयी भएका हुन्।

उनले गन्न बाँकी भन्दा बढी मतान्तर ल्याएर विजयी भएका हुन्। तर, औपचारिक घोषणा हुन भने बाँकी छ।

काठमाडौं महानगरमा गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा १ लाख ९१ हजार १२५ मत खसेको थियो। खसेको मतमध्ये हालसम्म १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ। अब गणना गर्न १९ हजार ३२३ मत बाँकी रहेको छ।

१९ हजार ३२३ मतगणना गर्न बाँकी रहँदा बालेनले हालसम्म ५५ हजार ७४७ मत प्राप्त गरेका छन्। उनको निकटतम प्रतिस्पर्धि नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना श्रेष्ठले ३५ हजार ३७१ मत प्राप्त गरेकी छन्। सिर्जनाकोभन्दा बालेन २० हजार ३७६ मतले अघि रहेका छन्।

प्रकाशित मिति: : 2022-05-25 11:53:00

प्रतिकृया दिनुहोस्