हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा हुम्लामा २०. ८९ प्रतिशत मत बदर भएको छ।
सात गाउँपालिका रहेको हुम्लामा स्थानीय तह निर्वाचन-०७४ मा भन्दा यसपटक चार प्रतिशतभन्दा बढीले मत बदर भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ।
०७४ सालमा १६ प्रतिशत मत बदर रहेको थियो। मुख्य निर्वाचन अधिकृत जगतबहादुर पौडेलका अनुसार २०.८९ प्रतिशत मत बदर भएको छ।
स्थानीय निर्वाचन(०७९ मा कुल बदर मत १५.४६ प्रतिशत पद अनुसारको बदर मत सङ्ख्या रहे पनि पाँच दशमलव ४३ प्रतिशत सबै पदको मत बदर रहेको मुख्य निर्वाचन कार्यालयको भनाइ छ।
कार्यालयले समग्रमा निकालेको बदर मत विवरणअनुसार सात वटै गाउँपालिकाको सातै पदमा कुल खसेको मत एक लाख ४९ हजार दुई सय ८३ मा २६ हजार नौ सय ५२ मत बदर भएको छ।
बदर मत प्रतिशत औसतमा रहेको भए पनि कुनै मतदान केन्द्रका ३२ प्रतिशतसम्म बदर मत रहेको छ। पदअनुसार बदर मत पनि अध्यक्ष उपाध्यक्षमा कम छ। वडा अध्यक्ष र सदस्यहरूमा बढी मत बदर रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी श्यामबहादुर रानाले बताए।