आफ्नो कलेजकी छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सेन्ट लरेन्स कलेजका संयोजक जनार्दन अधिकारीमाथि थप पाँच जना छात्राले यौन दुर्व्यवहारको आरोप लगाएका छन्।
सोही कलेजमा पढ्ने ती छात्राहरुले मङ्गलबार महानगरीय प्रहरी वृत्त गौशलामा आफूमाथि दुर्व्यवहार गरेको माैखिक आरोप लगाएका हुन्। उनीहरूले तत्काल उजुरी दर्ता गर्ने बताए।
संयोजक अधिकारीले कलेजका छात्राहरुमाथि यौन दुर्व्यवहार गरेकाे भन्दै साेमबारदेखि विद्यार्थीहरुले प्रदर्शनमा उत्रिएका छन्। संयोजक अधिकारीलाई प्रहरीले आज पक्राउ गरिसकेकाे छ।