बिएल संवाददाता
भारतको आर्थिक राजधानी मुम्बई चर्को गर्मीले ग्रस्त छ। ‘माया नगरी’का आम–मानिसहरू गर्मी थेग्न नसक्ने अवस्थामा पुगेका छन्।
उखरमाउलो गर्मीले मुम्बईवासी निथ्रुक्कै भिजेका छन्। सडक–गल्लीमा यात्रा गर्न पनि मुस्किल छ। हजारौँ यात्रुहरू खलखल्ती पसिना मेट्दै रेलबाट ओर्लिरहेको भेटिन्छन्।
मुम्बईभर घाम र लामखुट्टेको आतंक छ। चर्को गर्मी छल्न मानिसहरू समुन्द्री तट पुगेपनि सोचेजति राहत महसुस गर्दैनन्। समुन्द्रको पानी पनि गर्मीभन्दा झन् हानिकारक छ, उत्तिकै फोहोर पनि। तर, महाराष्ट्र राज्यका विभिन्न स्थानमा दुई–तीन बेमौसमी वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले पनि वर्षाबारे सामान्य अनुमान गरेको छ। चर्को गर्मी पोलिरहेका बेला वर्षाको चर्चा भएपनि मुम्बईवासीले तापक्रममा केही कमी आउने अपेक्षा गरेका छन्।
उनीहरूले गर्मीबाट केही राहत पाउनेछन्। मौसम विभागले दिएको जानकारीअनुसार आइतबारदेखि मुम्बईलगायत छेउछाउका स्थानमा आंशिक बदली भएपनि उखरमाउलो गर्मी नघटेको बताउँछन्।
मङ्गलबारदेखि महाराष्ट्रका धेरैजसो स्थानमा वर्षाको सम्भावना रहेको छ। बिहीबार मुम्बईका केही स्थानहरूमा हल्का वर्षाको सम्भावना छ। हिजो मुम्बईको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २९ डिग्री सेल्सियस बताइएको छ।
मनसुन आजभोलि अरब सागरमा प्रवेश गरेको छ। दुई–तीन दिनभित्र केरलामा प्रवेश गर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसो त अर्को महिनाको पहिलो सातादेखि मुम्बईमा पानी पर्न थाल्छ। मनसुन आगामी जुन ३ देखि ९ सम्म मुम्बई र महाराष्ट्रको पश्चिमी भागमा आउनेछ।
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया