अझै विक्षिप्त छिन् पीडित युवती, प्रहरीलाई समेत अविश्वास गर्दा अनुसन्धानमा समस्या

लोकान्तर

गगन अर्याल

सौन्दर्य प्रतियोगिताको आडमा युवती बलात्कार भएको घटनाले झण्डै ८ वर्षपछि सिंगो देशलाई तरंगित बनाएको छ।

पीडित युवतीले टिकटकमार्फत शृंखलाबद्ध भिडियो सार्वजनिक गर्दै आफूमाथि भएको अत्याचारको पर्दाफास गरेकी थिइन्। तर पीडित युवती मानसिकरूपमा विक्षिप्त रहेकाले प्रहरीले जाहेरी लिन समेत पाएको छैन।

ती युवतीलाई प्रहरीले काँडाघारीस्थित उनकै घरमा काउन्सिलिङ दिएर राखेको छ।

अपराध अनुसन्धानमा खटिएका प्रहरी अधिकारीका अनुसार उनले अहिलेसम्म प्रहरीलाई विश्वास गर्न सकेकी छैनन्। मानसिक रूपमा विक्षिप्त रहेकाले कसलाई विश्वास गर्ने, कसलाई नगर्ने भन्ने सोच्न नसक्ने अवस्थामा उनी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2022-05-23 14:56:00

प्रतिकृया दिनुहोस्