दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेबाट प्रमुख र उपप्रमुखका उम्मेदवार टिकाराम खड्का र स्यानी चौधरीले मतान्तर बढाउँदै गएका छन्।
खड्काले गठबन्धबाट प्रमुखका उम्मेदवार काँग्रेसका गेहेन्द्र गिरीलाई १ हजार ८१३ मतान्तरले पछाडि पार्दै आफ्नो अग्रतालाई निरन्तर बढाइरहेका छन्।
खड्काले २० हजार ३१९ मत प्राप्त गर्दा गिरीले १८ हजार ५०६ मत प्राप्त गरेका छन्।
यस्तै उपप्रमुखमा एमालेकी चौधरीले गठबन्धनबाट उपप्रमुखका उम्मेदवार एकिकृत समाजवादीका जोगबहादुर रानालाई ६ हजार ४५ मतले पछाडि पार्दै आफ्नो अग्रतालाई निरन्तर बढाउँदै लगेकी छन्। चौधरीले १९ जार ७८० मत प्राप्त गर्दा रानाले १३ हजार ७३५ मत प्राप्त गरेका छन्।
तुलसीपुरमा कुल ७४ हजार ३ सय ४० मत खसेकोमा आज बिहान ७ बजेसम्म ४७ हजार ७४४ मत गणना भइसकेको छ।