पोखरामा कांग्रेसले जित्यो बहुमत वडाध्यक्ष, एमाले निकै तल  

file photo
file photo

पोखरा महानगरपालिकामा हालसम्म गणना भएका २४ वडाहरूमध्ये १८ वडामा कांग्रेस उम्मेदवार विजयी भएका छन्। यसअघि २०७४ को चुनावमा ११ वडा मात्रै जितेको कांग्रेसले यो चुनावमा १७ वडा जितिसकेको छ।

वडा नम्बर २, ३, ४, ७, ९, १०, १२, १३, १४, १६, २३, २४, २५, २६, २७, २८ र ३० मा कांग्रेसले जीत हात पारिसकेको छ। एमालेले १, ५, ६, ८, १५ र २९ नम्बर वडामा जितेको छ। अहिले कांग्रेसले जितेका ७, १३, १४, १६, २४, ४५, २६, २८ र ३० मा यसअघि एमालेले जितेको थियो। अहिले एमालेले जितेको वडा नम्बर ६ मा यसअघि कांग्रेसले जितेको थियो।

पोखरामा ३३ वडा छन्। अहिले गणना भइरहेका अधिकांश वडामा कांग्रेसकै अग्रता छ। ०७४ को चुनावमा पोखराको मेयर र उपमेयर सहित दुई तिहाइ अर्थात् २२ वडा एमालेले जितेको थियो भने ११ वडा कांग्रेसले जितेको थियो। 

अहिले मेयरमा एमाले पछाडि छ भने उपमेयरमा अग्रता लिएको छ। वडाको अवस्था हेर्दा २०७४ सालको नतिजा उल्टिने अवस्था देखिन्छ।

प्रकाशित मिति: : 2022-05-22 19:07:00

प्रतिकृया दिनुहोस्