सप्तरीका १८ वटा स्थानीय तह छन्। जसमध्ये ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन्।
२०७९ साल वैशाख ३० गते भएको स्थानीय तहकोको चुनावमा सप्तरीका जनताले सर्वदलीय पालिका सरकार बनाएका छन्। राष्ट्रिय मान्यता पाएका दल सहित भर्खरै पार्टी खोलेका जनमतलाई पनि समावेश गराएका छन्।
सप्तरीको सप्तकोसी नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, तिरहुत गाउँपालिका, तलाठी कोइलाडी गाउँपालिकामा गरी पाँच स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएका छन्।
राजविराज नगरपालिका, विष्णुपुर गाउँपालिका, बोदेबरसाइन नगरपालिका गरी तीन स्थानीय तहमा जनता समाजवादी पार्टी विजयी भएका छन्।
रूपनी गाउँपालिका,महादेवा गाउँपालिका र छिन्नमस्ता गाउँपालिका गरी तीन स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी विजय भएका छन्।
डाक्नेश्वरी गाउँपालिका,अग्निसाइर कृष्णासवरण गाउँपालिका, राजगढ गाउँपालिका गरी तीन स्थानीय तहमा नेकपा एमाले विजयी भएका छन्।
हनुमाननगर कंकालिनी नगरपालिका,बलानबिहुल गाउँपालिका गरी दुई पालिकामा जनमत पार्टी विजयी भएका छन्।
त्यसै गरी खड्क नगरपालिकामा माओवादी केन्द्र,शम्भुनाथमा नगरपालिकामा नेपा कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विजय भएको छ।