तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले मतान्तर बढाउँदै गएको छ।
आइतबार बिहान र्साजनिक मत परिणामअनुसार एमालेबाट प्रमुख पदका उम्मेदवार टिकाराम खड्काले गठबन्धनबाट उम्मेदवार भएका काँग्रेसका गेहेन्द्र गिरीलाई ८११ मतले पछि पारेका थिए।
दिउँसो १ बजे सार्वजनिक मत परिणाम अनुसार खड्काले त्यस मतान्तरलाई बढाएर १ हजार ६७ मतले गिरीलाई पछाडि पारेका छन्। गिरीले १५ हजार ४२५ मत प्राप्त गर्दा खड्काले १६ हजार ४९२ मत प्राप्त गरेका छन्।
मतगणनाको सूरुको चरणमा (वडा नं १ र २ को मत गणना गर्दा) खड्लाई गिरीले पछाडि पारेका थिए। तर ३ नं वडाको मत गणना भएपछि भने दुईबीच कडा टक्कर देखिएको छ।
यस्तै उप्रमुखमा भने एमालेकी स्यानी चौधरीले सुरुको अग्रतालाई अहिले पनि कामय गर्दै मतान्तरलाई बढाउँदै लगेकी छन्। उनले हाल गठबन्धनबाट उपप्रमुखका उम्मेदवार नेकपा एकिकृत समाजवादीका जोगबहादुर रानालाई ४ हजार ३१० मतान्तरले पछाडि पारेकी छन्।
बिहान चौधरीले रानालाई ३ हजार ७२३ मतले पछाडि पार्दै अग्रता लिइरहेकी थिइन्। अहिले यो मतान्तरलाई बढाउँदै ४ हजार ३१० पुर्याएकी छन्। चौधरीले १५ हजार ७५५ मत प्राप्त गर्दा रानाले ११ हजार ४४५ मत प्राप्त गरेका छन्।
तुलसीपुरमा हाल वडा नं १०, ११ र १२ को मत गणना भइरहेको छ। सार्वजनिकम मत परिणामअनुसार हालसम्म तुलसीपुरमा ३९ हजार २ सय ५३ मत गणना भइसकेको छ।
१९ वटा वडा रहको तुलसीपुरमा वडा नं १ देखि ९सम्मको नतिजा आइसकेको छ।